दफा ८१
लेखापरीक्षकको सूची राख्ने
 (१) दफा ८० बमोजिम लेखापरीक्षक नियुक्त गर्ने प्रयोजनको लागि बोर्डले प्रचलित कानून बमोजिम दर्तावाला लेखापरीक्षकहरु मध्येबाट तोकिएको योग्यता भएका लेखापरीक्षकहरुको नामको सूची तयार गरी राख्नेछ । (२) उपदफा (१) बमोजिमको सूचीमा नाम सूचीकृत गर्न चाहने लेखापरीक्षकले तोकिए बमोजिम बोर्ड समक्ष निवेदन दिनु पर्नेछ । यसरी सूचीकृत लेखापरीक्षकले बोर्डले तोकिदिएको जानकारी बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।